टप इन्ड टी–२० सिरिजको अन्तिम खेलमा नेपाल पाकिस्तानसँग १ रनले पराजित
- काठमाडौंअष्ट्रेलियामा जारी टप इन्ड टी–२० सिरिजको लिग चरणको अन्तिम खेलमा नेपाल १ रनले पराजित भएको छ ।
डार्वीनमा पाकिस्तानी टोलीले दिएको १ सय ४५ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ७ विकेट गुमाउँदै १ सय ४३ रनमा समेटिएको हो । यो संगै जारि सिरिजमा नेपाली टोलीले चौथो हार ब्यहारेको छ । नेपालका लागि कप्तान रोहित कुमार पौडेलले ५२ रनको अर्धसतकीय इनिंग्स खेले पनि पर्याप्त भएन ।
अन्तिम बलमा ३ रन चाहिएको स्थितिमा दीपेन्द्रसींह ऐरि रन आउट भएपछि नेपाल पराजित हुन पुगेको हो । त्यसअघि टस जितेर ब्याटिङ सुरु गरेको पाकिस्तानले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १ सय ४४ रनको योगफल तयार पारेको थियो ।
नेपालका लागि सोमपाल कामीले ४ तथा नन्दन यादव र दिपेन्द्रसिंह ऐरीले समान २–२ विकेट लिँदा कुशल भुर्तेलले १ विकेट लिए ।