अस्ट्रेलियन क्यापिटल टेरिटोरी विरुद्धको अभ्यास म्याचमा नेपाल विजयी
- काठमाडौंअस्ट्रेलिया भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अस्ट्रेलियन क्यापिटल टेरिटोरी एसीटीसँगको दोस्रो अभ्यास म्याच पनि जितेको छ ।
ट्वान्टी ट्वान्टी फर्म्याटको खेलमा नेपालले एसिटीलाई ६ विकेटले हराएको हो । एसिटीले दिएको ९७ रनको सामान्य लक्ष्य नेपालले १३ ओभर २ बलमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४२ रन जोडे । यस्तै, गुल्शन झाले २३ रन बनाए ।
त्यसअघि नेपालले टस जितेर फिल्डिङ रोजेपछि शुरुवाती ब्याटिङ गरेको एसीटी १७ ओभर २ बलमा ९६ रनमा अलआउट भएको थियो ।
यसअघि भएको पहिलो अभ्यास खेलमा नेपालले टेरिटोरीलाई ४१ रनले हराएको थियो । नेपालले बिहिवार र शनिवार साउथ अस्ट्रेलियाको टिमसँग दुई वटा टी–ट्वान्टी म्याच र एउटा वान डे खेल म्याच खेल्नेछ । नेपालले विश्वकप छनोटको तयारी स्वरुप अभ्यास म्याच खेलेको हो ।