खेलकुद

स्टार्कले लिए सन्यास

- केएफएम डेस्ककाठमाडौं

अस्ट्रेलियाका स्टार पेस बलर मिचेल स्टार्कले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।

३५ वर्षीय स्टार्कले अब टेस्ट र एकदिवसीय क्रिकेटमा मात्र खेल्ने बताएका हन् । 

सन् २०१२ मा पाकिस्तानविरुद्ध डेब्यु गरेका उनले ६५ खेलबाट ७९ विकेट लिँदै अष्ट्रेलियाको दोस्रो सर्वाधिक विकेट लिने खेलाडी बनेका छन् । 

पाँच टी–२० विश्वकपमा खेलेका स्टार्क सन् २०२१ मा दुबईमा भएको प्रतियोगितामा अस्ट्रेलियालाई उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए ।