नेपाल र बङ्गलादेशबीच हुने मैत्रीपूर्ण खेलको तयारी पूरा
- काठमाडौंनेपाल र बङ्गलादेशबीच हुने मैत्रीपूर्ण खेलको सम्पुर्ण तयारी पूरा भएको छ । भोलि र आउँदो मङ्गलवार हुने दुई मैत्रीपूर्ण फुटबल खेलका लागि सबै तयारी पूरा भएको एन्फाले जनाएको छ । प्रतियोगिताका दुई खेल त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा बेलुकी साढे ५ बजे शुरु हुनेछ ।
खेलका लागि बङ्गलादेशको राष्ट्रिय फुटबल टोली बुधवार नै नेपाल आइसकेको छ । बङ्गलादेशी टोलीलाई अभ्यासका लागि भद्रकालीमा रहेको नेपाली सेनाको खेल मैदान र ललितपुरको च्यासलमा रहेको च्यासल रङ्गशालाको मैदानको व्यवस्था गरिएको छ ।
खेलका लागि भिआइपी प्याराफिटतर्फ एक हजार र साधारण प्याराफिटर्फ पाँच सय रुपैयाँ टिकट दर निर्धारण गरिएको छ । दुवै खेलको समग्र विजेतालाई ट्रफी र पदक प्रदान गरिने एन्फाले जनाएको छ ।