अस्ट्रेलियाका ब्याट्सम्यान लिनले सुदूरपश्चिमबाट एनपीएल खेल्ने
- काठमाडौंदोस्रो संस्करणको नेपाल प्रिमियर लिग क्रिकेटका लागि फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले आफ्नो पहिलो विदेशी खेलाडी सार्वजनिक गरेको छ ।
रोयल्यसले आज सामाजिक सञ्जालमार्फत नयाँ सिजनका लागि अस्ट्रेलियाका ब्याट्सम्यान क्रिस्टोफर अस्टिन लिनसँग सम्झौता गरेको जनाएको छ । ३५ वर्षीय लिनले अस्ट्रेलियाकोे लिग क्रिकेटमा सफल खेलाडीका रुपमा आफ्नो नाम दर्ज गराएका छन् । लिनले अस्ट्रेलियाको बिग ब्यास लिग, पाकिस्तानको पाकिस्तान सुपर लिग, क्यारिबियन प्रीमियर लिग जस्ता विभिन्न लिगहरुमा खेलेको अनुभव छ ।
पहिलो सिजनको एनपीएल क्रिकेटको फाइनलमा भने सुदूरपश्चिम रोयल्स जनकपुर बोल्ट्डसँग पराजित भएको थियो । नयाँ सिजनका लागि सबै टिमले तयारी सुरु गरेका छन् । एनपीएलको नयाँ संस्करण आगामी आगामी मंसिर १ देखि २७ गतेसम्म हुनेछ ।