खेलकुद

एशिया कप टी–२० क्रिकेटमा आज भारत र पाकिस्तान खेल्दै

- केएफएम डेस्ककाठमाडौं

एशिया कप टी–२० क्रिकेटमा आज भारत र पाकिस्तान खेल्दैछन् ।

 आठ वटा टोली सहभागी प्रतियोगिताको समूह ‘ए’ मा भारत, यूएई, पाकिस्तान र ओमान रहेका छन । 

यस्तै समूह ‘बी’ मा अफगानिस्तान, हङकङ, बङ्गलादेश र श्रीलङ्का छन् । यसैबिच गएराति भएको खेलमा श्रीलङ्काले बङ्गलादेशलाई छ विकेटले पराजित गरेको छ । 

एशिया कपको फाइनल खेल आउँदो सेप्टेम्बर २८ अर्थात् असोज १२ मा हुनेछ ।