खेलकुद

वेस्ट इन्डिजसँगको युनिटी कप टी–२० सिरिज खेल्ने नेपाली टोलीको घोषणा

- केएफएम डेस्ककाठमाडौं

संयुक्त अरब इमिरेट्स यूएईमा हुने नेपाल र वेस्ट इन्डिजबीचको युनिटी कप टी–२० आई सिरिजका लागि नेपाली टोली घोषणा भएको छ । 

शारजाह क्रिकेट रंगशालामा आगामी असोज ११ देखि १४ गते सम्म हुने सो सिरिजका लागि नेपाल क्रिकेट संघ क्यानले रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो ।

 नेपाली टोलीको उपकप्तान दीपेन्द्रसिंह ऐरी, विकेटकिपर आसिफ शेख, कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आदिल आलम, सोमपाल कामी, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, आरिफ सेख, सन्दीप जोरा, ललितनारायण राजवंशी, गुलशन झा र साहब आलम छन् । टोलीमा आदिल अन्सारी र सन्दीप जोराले भने पुनरागमन गरेको छन् ।

 आदिल सन् २०२२ पछि पहिलोपटक राष्ट्रिय टोलीमा परेका हुन् । त्यस्तै सन्दीप पनि २०२४ को टी–ट्वान्टी विश्वकप पछि टोलीमा समावेश भएका हुन् । नेपालले वेस्ट इन्डिजविरुद्ध तीन खेलको टी–२० सिरिज खेल्दैछ ।