खेलकुद

एन्फा र शीर्ष डिभिजन क्लबबीचको बैठक स्थगित

काठमाडौं

अखिल नेपाल फुटबल संघ एन्फा र शीर्ष डिभिजन लिग क्लबबीच आज हुने भनिएको बैठक स्थगित भएको छ । एन्फाले आजै सबै क्लबहरुलाई पत्र पठाउँदै प्रविधिगत कारण देखाएर बैठक अनिश्चितकालका लागि स्थगित गरिएको जानकारी गराएको हो ।

 सो बैठकमा आगामी पुसमा गर्न प्रस्तावित सहिद स्मारक ’ए’ डिभिजन लिगबारे विस्तृत छलफल हुने तय गरिएको थियो । एन्फाले यसपटक देशका विभिन्न जिल्लाका १४ मैदान प्रयोग गरेर होम एन्ड अवेका आधारमा लिग आयोजना गर्ने प्रस्ताव अघि सारेको थियो । तर बैठक स्थगित भएपछि पुसमा लिग सुरू नहुने सम्भावना बलियो भएको छ ।