एन्फालाई एएफसीद्वारा १० हजार अमेरिकी डलरको जरिवाना
- काठमाडौंएसियाली फुटबल महासंघ एएफसीले अखिल नेपाल फुटबल संघ एन्फालाई कारबाही गर्दै १० हजार अमेरिकी डलर जरिवाना गरेको छ ।
एएफसीको अनुशासन र आचारसंहिता कमिटीले नेपाललाई कारबाही गर्ने निर्णय गरेको हो । सो कमिटीको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई जरिवाना लगाएको हो ।
एएफसी फुटसल कप २०२६ को छनोटमा भाग नलिएपछि नेपाललाई कारबाही गरिएको हो । कमिटीका अनुसार एन्फाले छनोटका खेल सुरु हुन १ सय ६ दिन अगाडि नाम फिर्ता लिएको थियो ।
कारबाही अनुसार नेपालले १० हजार अमेरिकी जरिवाना यसबारे सूचना दिएको ३० दिनभित्र बुझाउनु पर्नेछ । यस्तै नेपाललाई यही फुटसल प्रतियोगिताको अर्को संस्करणमा भाग लिन नपाउने गरेर पनि कारबाही गरिएको छ ।