एनपीएल सिजन टुः पहिलो खेलको टिकटबाट उठेको रकम क्यानले प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने
-नेपाल क्रिकेट संघ क्यानले नेपाल प्रिमियर लिग एनपीएलको पहिलो खेलको टिकट बिक्रीबाट उठेको रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने भएको छ ।
एनपिएलको दोस्रो संस्करण आगामी मंसिर १ देखि २७ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुँदैछ ।
प्रतियोगितामा साबिक विजेता जनकपुर बोल्ट्ससहित सुदूरपश्चिम रोयल्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, कर्णाली याक्स, चितवन राइनोज, काठमाडु गोर्खाज र विरागनगर किंग्सले प्रतिस्पर्धा गर्नेछन् ।
गत वर्ष सम्पन्न पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो । जनकपुरले फाइनलमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले पराजित गर्दै उपाधि उचालेको थियो ।