युरोपेली च्याम्पियन्स लिगमा बार्सिलोनाको विजयी सुरुवात
- काठमाडौंबार्सिलोनाले युरोपेली च्याम्पियन्स लिग फुटबलमा विजयी सुरुवात गरेको छ ।
सेन्ट जेम्स पार्कमा गएराति भएको खेलमा मार्कस रसफोर्डको २ गोलको मद्धतमा बार्सिलोनाले न्युकासल युनाइटेडलाई २–१ गोलले हराएको हो ।
खेलमा रसफोर्डले ५८ र ६७ औं मिनेटमा दुई गोल गरे । न्युकासलका लागि एन्थोनी गोर्डनले ९० औं मिनेटमा एक गोल फर्काए ।
यस्तै, अर्को खेलमा म्यानचेस्टर सिटीले नेपोलीलाई २–० ले हरायो ।
सिटीका लागि हालान्डले ५६ औं मिनेटमा गोलको खाता खोलेपछि जेरेमी डोकुले दोस्रो गोल थपे । यससँगै च्याम्पियन्स लिगमा हालान्डको व्यक्तिगत गोल संख्या ५० पुगेको छ ।
गएराति नै भएका अन्य खेलमा इन्ट्राख्त फ्रान्कफर्टले गालातासारेलाई ५–१, स्पोर्टिङ लिस्वनले किराट आलमाटीलाई ४–१ तथा क्लब ब्रुगले मोनाकोलाई ४–१ ले हरायो ।
एफसी कोपनहेगन र बायर लेभरकुजनबीचको खेल भने २–२ को बराबरीमा टुंगियो ।