खेलकुद

नेपाली महिला क्रिकेट टोलीले मेलेसियाको क्रिकेट खेल्ने

- केएफएम डेस्ककाठमाडौं

यहि सेप्टेम्बर २४ देखि ३० सम्म मलेसियामा आयोजना हुने “मलेसियन सुपर वुमन सिरिज” मा नेपाली महिला क्रिकेटरले पनि प्रतिस्पर्धा गर्ने भएका छन् । 

नेपाल क्रिकेट संघ क्यानले प्रतियोगितामा नेपाली खेलाडी पनि रहनेबारे जानकारी दिँदै सो सिरिजमा सहभागी हुने १४ खेलाडीको नाम सार्वजनिक गरेको छ । 

क्यानका अनुसार राष्ट्रिय टोलीकी कप्तान इन्दु बर्मा, रुबिना क्षेत्री, सिता राना मगर, पूजा महतो, रजमति ऐरी, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु बिष्ट, रचना चौधरी, रुबी पोदार, यशोदा बिष्ट, साबित्रि धामी, कविता कुँवरले सो सिरिज खेल्नेछन् । उनीहरुलाई ५ वटा टिममा विभाजन गरि सो सिरिज हुन लगेको हो ।