एसिया कपमा आजबाट सुपर फोरका खेल सुरु हुँदै
- काठमाडौंदुवईमा जारी एसिया कप क्रिकेटमा आजबाट सुपर फोर चरणका खेल सुरु हुँदैछ ।
सुपर फोरको पहिलो खेलमा आज बंगलादेश र श्रीलङ्कबाीच प्रतिस्पर्धा हुनेछ । सो खेल नेपाली समयअनुसार राति सवा ८ बजे सुरु हुनेछ ।
जारी प्रतियोगिातामा समूह बीको विजेता बन्दै अपराजित रहेको श्रीलङ्का आजको खेलमा आफ्नो लय कामय राख्ने योजनामा हुनेछ ।
उसले समूह चरणमा यसअघि हङकङ, बंगलादेश र अफगानीस्तानलाई पराजित गरेको थियो । यस्तै समूह चरणको खेलमा श्रीङ्कासंग पराजित भएको बंगलादेशले भने अफागनीस्तान र हङकङलाई पराजित गरेको थियो ।
सुपर फोर समिकरणमा समूह ए बाट भारत र पाकिस्तानले स्थान बनाएका छन् । सो खेल भने भोलि हुनेछ । जारी प्रतियोगिताबाट यएई, ओमान, हङकङ र अफगानीस्तान भने बाहिरिसकेका छन् ।