बेलन डे’अर अवार्ड फ्रान्सेली फरवार्ड डेम्बेलेलाई
- काठमाडौंफ्रान्सेली फरवार्ड ओसमन डेम्बेलेले पेरिसमा आयोजित विशेष कार्यक्रमबीच विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित बेलन डे’अर अवार्ड जितेका छन् ।
डेम्बेले यो अवार्ड जित्ने छैटौं फ्रान्सेली खेलाडी भएका छन् ।
उनको महत्वपूर्ण योगदानको मद्धतले पेरिस सेन्ट जर्मेन (पीएसजी) ले गत सिजन युरोपेली च्याम्पियन्स लिग जितेको थियो ।
पुरुषतर्फ अवार्ड जित्ने होडमा बार्सिलोनाका किशोर खेलाडी लामिन यामल दोस्रो स्थानमा रहे ।महिलातर्फको अवार्ड लगातर तेस्रो वर्ष आइटाना बोनमटीले जितेकी छिन् ।