साफ अण्डर १७ च्याम्पियनसिपः नेपाल फाइनल पुग्नबाट रोकियो
- काठमाडौंश्रीलंकामा जारी साफ अण्डर १७ च्याम्पियनसिपको फाइनल पुग्नबाट रोकिएको छ ।
कोलम्बोस्थित रेसकार्स रंगशालामा गएराति भएको सेमिफाइनलमा भारतसँग २–० गोलले पराजित भएसँगै नेपाली टोलीको फाइनल खेल्ने चाहाना समाप्त भएको हो ।
पहिलो हाफ गोल रहति बराबरी भएपनि भारतले दोस्रो हाफपछि पुनरागमन गर्दै नेपालमाथि दबाब बढाएको थियो ।
भारतले ६१ औं र ८० औं मिनेटमा गोल गर्र्दै उपाधि यात्रा तय गरेको हो । नेपाल समूह ‘ए’को उपविजेता बन्दै सेमिफाइनल पुगेको थियो भने भारत समूह ‘बी’को विजेताका रुपमा सेमिफाइनल पुगेको थियो ।
सो प्रतियोगिताको पहिलो खेलमा नेपालले श्रीलंकालाई २–० ले हराउँदा दोस्रो खेलमा बंगलादेशसँग ४–० ले पराजित भएको थियो ।