खेलकुद

नेपालले आज पहिलोपटक वेस्ट इन्डिजविरुद्ध टी–२० क्रिकेट खेल्दै

- केएफएम डेस्ककाठमाडौं

नेपालले आज इतिहासमै पहिलोपटक टेस्ट राष्ट्र वेस्ट इन्डिजविरुद्ध खेल्दै छ ।

 नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज दुईपटकको विश्वकप विजेता टोली वेस्ट इन्डिजविरुद्ध टी–२० आई सिरिजअन्तर्गत पहिलो खेल खेल्न लागेको हो । 

खेल यूएईस्थित सारजाह क्रिकेट रगंशालामा नेपाली समय अनुसार राति सवा ८ बजेपछि सुरु हुनेछ । कप्तान रोहित पौडेलले प्रि म्याच कन्फरेन्समा बोल्दै, पूर्ण सदस्यसँगको पहिलो सिरिजका लागि आफुहरु उत्साहित रहेको प्रतिक्रिया दिएका छन् । 

यसपछि सिरिजअन्तर्गत नेपालले वेस्ट इन्डिजविरुद्ध दोस्रो खेल सोमबार र तेस्रो तथा अन्तिम खेल मंगलबार खेल्नेछ । वेस्ट इन्डिजसँग तीन खेल खेलिसकेपछि नेपाली टोली उतैबाट ओमान प्रस्थान गर्नेछ ।