खेलकुद

नेपाल र वेस्ट इन्डिजबीच टी–२०–आई सिरिजको अन्तिम खेल आज

- केएफएम डेस्ककाठमाडौं

नेपाल र वेस्ट इन्डिजबीचको टी–२०–अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत आज अन्तिम खेल हुँदैछ । संयुक्त अरब इमिरेट्स यूएईको शारजाहस्थित क्रिकेट रंगशालामा हुने खेल नेपाली समयअनुसार राति सवा ८ बजे सुरु हुनेछ ।

यसअघिका दुवै खेलमा जित निकाल्दै नेपालले एक खेल अगावै सिरिज आफ्नो पक्षमा पारिसकेको छ । आजको खेल पनि जितेमा नेपालले सिरिज क्लिन स्वीप गर्नेछ ।

अधिकांश युवा खेलाडीले भरिएको वेस्ट इन्डिजको कम अनुभवी टोली नेपालसामू निरिह देखिएको छ ।

अन्तिम खेलमा वेस्ट इन्डिजलाई क्लिनस्वीपबाट जोगिने दबाब पनि रहनेछ ।

नेपालले हालसम्म खेलेका ३ वा सोभन्दा बढी खेल समावेश भएका द्विपक्षीय शृंखलामा क्लिनस्वीप गरेको छैन ।

आज क्लिनस्वीप गर्न सकेमा आफैंमा नेपालका लागि कीर्तिमानी जित हुनेछ ।