महिला विश्कप क्रिकेटः आज न्यूजील्याण्ड र अस्ट्रेलिया खेल्दै
- काठमाडौंभारतमा जारी एकदिवसीय महिला विश्कप क्रिकेटमा आज न्यूजील्याण्ड र अस्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदै छ ।
सो खेल दिउँसो इन्दोरमा सवा ३ बजेबाट सुरु हुने छ । दुवै टोली आजको खेलमा जित निकाल्दै आफ्नो विजयी यात्रा सुरु गर्न चाहान्छन् ।
यसअघि हिजो भएको उद्घाटन खेलमा भारतले श्रीलङ्कालाई ५९ रनले पराजित गरेको थियो । विश्वकप क्रिकेटमा भारत, श्रीलङ्का सहित अस्टे«लिया, न्यूजील्याण्ड, बंगलादेश, पाकिस्तान, इंग्ल्याड र दक्षिण अफ्रिका सहभागी छन् ।
यसैबीच न्यूजील्याण्ड र अस्ट्रेलियाको पुरुष टोलीबीच पनि आजबाट टी–२० सिरिज सुरु हुँदैछ । सो खेल न्यूजील्याण्डमा हुन लागेको हो ।