वेस्टइन्डिजविरुद्धको दुई खेलमा क्यानको निलम्बन परेका थिए सन्दिप
काठमाडौंलेग स्पीनर सन्दिप लामिछानेलाई वेस्ट इन्डिजविरुद्धको टी-२० सिरिजअन्तर्गत दुई वटा म्याचमा निलम्बन गरिएको खुलेको छ । नेपाल क्रिकेट संघ क्यानले आज विज्ञप्ती जारी गर्दै त्यसबारे जानकारी दिएको हो ।
युएईको सारजाह क्रिकेट मैदानमा भएको सिरिजका क्रममा लामिछानेले पहिलो म्याच शुरु हुनुभन्दा ४५ मिनेट अगाडी म्याच नखेल्ने निर्णय गरेपछि टिमलाई असर परेको भन्दै उक्त कदम चालिएको क्यानको भनाइ छ । यसैबीच, १६ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोली टी ट्वान्टी विश्वकप एसिया छनोट प्रतियोगितामा सहभागी हुन युएईबाट ओमान प्रस्थान गरेको छ ।