इंग्लिस प्रिमियर लिगमा एर्भटनको जित
- काठमाडौंएभरटनले इंग्लिस प्रिमियर लिगमा क्रिस्टल प्यालेसमाथि २–१ को सानदार जित निकालेको छ ।
यो जितपछि एभरटनको ७ खेलबाट ११ अंक भएको छ ।
एभरटन सातौं स्थानमा उक्लेको छ ।
हारका बावजुत प्यालेस १२ अंकसहित पाँचौं स्थानमा छ ।
हारसँगै प्यालेसको १८ खेलको अपराजित यात्रा पनि टुंगिएको छ ।
हिजै भएको अर्को खेलमा न्युकासल युनाइटेडले भने सेन्ट जेम्स पार्कमा नटिङ्घम फरेस्टलाई २–० ले हरायो ।
न्युकासलको यो लिगमा लगातार दोस्रो जित हो । फरेस्ट भने ५ अंकमै सीमित छ ।