राष्ट्रिय फुटबल टोली भियतनाम प्रस्थान
- काठमाडौंएसियन कप छनोटअन्तर्गत भियतनामसँग हुने खेल खेल्न नेपाली राष्ट्रिय फुटबल टोली आज त्यसतर्फ गएको छ ।
एन्फालेललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हिजोटोलीको बिदाइ गरेको थियो ।
नेपालले भियतनामसँगको अवे म्याच अक्टोबर ९ मा बिन दुंग रंगशालामा खेल्नेछ ।
त्यस्तै नेपालको आफ्नो होम म्याच पनि अक्टोबर १४ मा भियतनाममै खेल्नेछ ।
नेपालको घरेलु मैदान दशरथ रंगशाला अयोग्य भएपछि एएफसीले नयाँ न्युट्रल मैदान खोज्न एन्फालाई भनेको थियो ।
नेपालले केही समयअघि बंगलादेशविरुद्ध घरेलु मैदानमा खेलेको टोलीबाट ६ परिवर्तन गरेको छ ।
राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक म्याट रसले भियतनामविरुद्ध हुने म्याचका लागि यसअघि नै २३ सदस्यीय टोली बनाएका छन् ।