नेपालसँग मलेसिया ६ विकेटले पराजित
- काठमाडौंमहिला ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको छ ।
मलेसियालेदिएको १ सय १२ रनको लक्ष्य नेपालले १७ दशमलव ३ ओभरमा ४ विकेट गुमाएर पुरा गरेको हो ।
नेपालकी कप्तान इन्दु बर्माले सर्वाधिक ४८ रन बनाएकी थिइन् । उनी अन्तराष्ट्रिय क्रिकेटमा १ हजार रन पूरा गर्ने पहिली नेपाली महिला खेलाडी बनेकी छन् ।
रुविना क्षेत्रीले २३ रन बनाएकी थिइन् । पहिले व्याटिङ गरेको मलेसियाले १ सय ११ रनको योगफल तयार पारेको थियो ।
सो क्रममा नेपालकी बलर कविता कुँवरले सर्वाधिक तीन विकेट लिएकी थिइन् । पूजा महतो र कविता जोशीको नाममा एक÷एक विकेट रह्यो ।
आजको जितसँगै नेपालले ५ म्याचको सिरिजमा २–२ को बराबरी गरेको छ । सिरिजको अन्तिम म्याच भोलि हुनेछ ।