खेलकुद

सन्तोषीले बनाईन् नयाँ कीर्तिमान

- केएफएम डेस्ककाठमाडौं

ओलम्पियन सन्तोषी श्रेष्ठले हाफ म्याराथनतर्फ नयाँ कीर्तिमान बनाएकी छन् ।

भारतको दिल्लीमा आयोजित दिल्ली हाफ म्याराथनमा सन्तोषीले कोर्स दूरी १ घण्टा १५ मिनेट ०४ सेकेण्डमा पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।

यसअघि हाफ म्याराथनमा सन्तोषीकै नाममा १ घण्टा १५ मिनेट १६ सेकेण्डको कीर्तिमान थियो । बंगलादेशमा भएको एम्स प्रमाणित कोर्स्मा उनले सो कीर्तिमान बनाएकी थिइन् ।

नेपालमा आयोजना हुने घरेलु तथा प्रमाणित नभएका रुटमा सन्तोषीले यो भन्दा कम समयमा दौड पूरा गरेकी छन् ।

दिल्ली हाफ म्याराथनको उपाधि भने केन्याकी धाविका लिलियनले जितिन् ।

प्रतियोगिताका विभिन्न बिधामा गरी ४० हजार भन्दा बढीको सहभागिता रहेको थियो ।

यस्तै मध्यम दुरीबाट करिअर शुरु गरेकी सन्तोषीले गएको बैशाखमा लण्डन म्याराथनमा निर्धारित दूरी २ घन्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गर्दै राष्ट्रिय किर्तिमान बनाएकी थिइन् ।

यसअघि उनले सन् २०२४ जनवरीमा भएको बङ्गबन्धु ढाका म्याराथनमा स्वर्ण जित्दा राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।

डेब्यू म्याराथन उनले २ घण्टा ४६ मिनेट २३ सेकेन्डमा पूरा गरेकी थिइन् ।