टी–२० विश्वकप छनोटमा आज नेपाल र ओमान खेल्दै
- काठमाडौंट्वान्टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्स अन्तर्गत नेपाल र ओमानबीच आज प्रतिस्पर्धा हुँदैछ । आजको खेल जित्ने टोली टी–ट्वान्टी विश्वकममा पुग्नेछ । सुपर सिक्समा नेपालले यूएईमाथि १ र कतारमाथि ५ रनको सनसनी जित पाएको थियो । समूह विजेता बन्दै सुपर सिक्सको पनि पहिलो दुई खेल जितेपछि बलियो स्थितिमा पुगेका ओमान र नेपालबीचको खेलले यस क्षेत्रबाट विश्वकप पुग्ने एउटा टोली पाउने छ ।
ओमानको मस्कटमा भइरहेको प्रतियोगितामा ९ राष्ट्रलाई तीन समूहमा विभाजन गरिएको छ । तीन समूहका शीर्ष दुई टोली सुपर सिक्समा पुगेका छन् । विश्वकप भारत र श्रीलंकामा संयुक्त आयोजना हुनेछ । ओमान र नेपाल ६ अंक लिएर पहिलो दुई स्थानमा बलियो स्थितिमा छ । नेपाल र ओमानबीचको खेल बेलुका पौने ९ बजे सुरु हुनेछ ।