खेलकुद

काभा कप पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल अफगानिस्तानसँग पराजित

काठमाडौं

बंगलादेशमा जारी काभा कप पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल अफगानिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको छ । ढाकास्थित इन्डर हलमा आज भएको आफ्नो चौथो खेलमा नेपाल अफगानिस्तानसँग ३–० को सेटमा पराजित भएको हो । 

अफगानिस्तानले नेपाललाई २५–१८, २५–१७ र २५–२१ ले हरायो । प्रतियोगितामा नेपालको यो तेस्रो हार हो । यसअघिका खेलमा तुर्कमेनिस्तान र बंगलादेशसँग पराजित भएको नेपालले तेस्रो खेलमा माल्दिभ्सलाई पराजित गरेको थियो ।

 अफगानिस्तानसँग हारपछि नेपालको शीर्ष दुईमा पुग्ने सम्भावना सकिएको हो । चार खेलबाट ४ अंक जोडेको नेपाल चौथो स्थानमा झरेको छ । समान खेल खेलेको अफगानिस्तान ७ अंकसहित तेस्रो स्थानमा उक्लेको छ ।