काभा कप पुरुष भलिबलमा नेपालको चौथो हार
- काठमाडौंबंगलादेशमा जारी काभा कप पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल श्रीलंकासँग पराजित भएको छ ।
ढाकास्थित इन्डोर हलमा आज भएको खेलमा श्रीलंकासँग नेपाल ३–० को सोझो सेटमा पराजित भएको हो । श्रीलंकाले नेपाललाई २५–१८, २५–१७ र २५–२० को सेटमा हरायो ।
यो सँगै नेपालले प्रतियोगितामा चौथो हार ब्यहोरेको छ । नेपालले जारी प्रतियोगितामा एक खेल मात्रै जितेको छ । पाँच खेलबाट चार अंक जोडेको नेपाल पाँचौं स्थानमा रह्यो ।
यसअघि माल्दिभ्सलाई हराएको नेपाल तुर्किमिनिस्तान, अफगानिस्तान र बङ्गलादेशसँग पराजित भएको थियो । अब नेपालले पाँचौं स्थानको प्लेअफका लागि माल्दिभ्ससँग भोलि प्रतिस्पर्धा गर्नेछ ।