एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा रोहितको दोस्रो शतक
- काठमाडौंनेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दोस्रो शतक बनाएका छन् ।
उनले विश्वकप लिग टु मा युएईविरुद्ध शतक प्रहार गर्दै नेपालका लागि ओडिआईमा दुई शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका हुन् । यसअघि उनले पपुवा न्युगिनीविरुद्ध सन् २०२२ मा पहिलो शतक प्रहार गरेका थिए ।
पपुवा न्युगिनीविरुद्ध रोहितले बनाएको १ सय २६ रन ओडिआईमा नेपालका लागि व्यक्तिगत उच्च स्कोर समेत हो । कप्तानको रुपमा रोहितले पहिलो शतक प्रहार गरेका हुन् । युएई विरुद्ध रोहितको शतक नेपालले ओडिआमा प्रहार गरेको समग्रमा नवौँ शतक हो ।
अहिलेसम्म रोहित बाहेक पारस खड्का, कुशल भुर्तेल, अनिलकुमार साह, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी र भीम सार्कीले एकदिवसीय अन्तर्राष्ट्रियमा शतक बनाएका छन् ।