खेलकुद

विश्वकप लिग टुमा नेपाल युएईसँग ५ विकेटले पराजित

- केएफएम डेस्क काठमाडौं

आइसीसी विश्व लिग टु अन्तर्गत आजको खेलमा युएईले नेपाललाई ५ विकेटले पराजित गरेको छ ।

 यसअघि नेपालले यूएईलाई २ सय ३४ रनको लक्ष्य दिएको थियो । टस जितेर ब्याटिङ रोजेको नेपाल दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पुरा ५० ओभर खेली २ सय ३३ रन बनाई अलआउट भएको थियो ।

 नेपालका लागि रोहित पौडेलले १ सय ९ रनको योगदान गरेका थिए । त्यसबाहेक आसिफ शेखले ३५, आरिफ शेखले २७ र दीपेन्द्रसिंह ऐरीले २३ रन बनाएका थिए । आजको जित सँगै युएईले लिग टु तालिकामा १८ खेलबाट ८ अंक बनाएको छ ।