इंग्ल्यान्डका विकेटकिपर जोहन सिम्पसन काठमाडौं गोर्खाजबाट खेल्ने
काठमाडौंइंग्ल्यान्डका विकेटकिपर जोहन सिम्पसनले नेपाल प्रिमियर लिग एनपिएल क्रिकेटको दोस्रो सिजन काठमाडौं गोर्खाजबाट खेल्ने भएका छन् । गोर्खाजले पाँचौं विदेशी खेलाडीका रुपमा ३७ वर्षे सिम्पसनलाई अनुबन्ध गरेको हो ।
सिम्पसनले इङ्ल्यान्डबाट तीन एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् । ती सबै सन् २०१९ मा भएको पाकिस्तानविरुद्धको शृंखलामा थिए । उनले १ सय ९५ टी–ट्वान्टी खेलमा १२ अर्धशतकसहित ३ हजार १ सय ६३ रन बनाएका छन् ।
सिम्पसनसँग इङ्ल्यान्डको काउन्ट्री क्रिकेटका साथै, द हन्ड्रेड, टी–ट्वान्टी ब्लास्ट खेलेको अनुभव छ । एनपीएलको दोस्रो संस्करण आगामी मंसिर १ गतेबाट सुरु हुँदेछ ।