खेलकुद

विश्वकप लिग २ शृङ्खलामा नेपाल जितविहीन

- केएफएम डेस्क

यूएईमा आयोजित आईसीसी विश्वकप लिग २ शृङ्खलामा नेपाल जितविहीन बनेको छ ।

आज भएको अन्तिम तथा चौथो खेलमा घरेलु टोलीसँग ४ विकेटले पराजित भएसँगै नेपाली टोली जितविहीन बनेको हो । नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै दिएको २ सय ४० रनको लक्ष्य यूएईले ५ बल अगावै ५ विकेटको क्षतिमा पूरा गर्यो । खराब लयबाट गुज्रिएको नेपाल यो शृङखलामा सहभागी अमेरिका र यूएई दुबै टोलीसँगको २–२ खेलमा पराजित भएको थियो ।

यो शृङ्खलापछि अमेरिका २४ खेलबाट ३६ अंक सहित शीर्ष स्थानमा यथावत रहेको छ भने सातौं स्थानमा रहेको नेपालले २० खेलबाट १२ अंक बनाएको छ । नेपाल भन्दा एक स्थान तल रहेको यूएईले समान खेलबाट १० अंक बनाएको छ । दुबै टोलीले खेलेका २० खेलमध्ये ५ खेल मात्र जितेका छन् ।