झापा महिला गोल्डकप : पहिलो सेमिफाइनलमा पुलिस र संकटा भिड्दै
- काठमाडौंझापामा जारी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा आज विभागीय टोली नेपाल पुलिस क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।
शिवसताक्षीस्थित दुधे रंगशालामा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
पुलिसले क्वार्टरफाइनलमा चर्च ब्वाइज युनाइटेडलाई ८–० गोलले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
संकटाले घरेलु झापा एफसीलाई ६–० गोलले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।
आजको खेलको विजेताले फाइनलमा विभागीय टोली एपिएफ एफसी वा त्रिभुवन आर्मी फुटबल क्लबबीचको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।