हङकङ सिक्सेस क्रिकेटमा नेपाल अफगानीस्तानसँग पराजित
- काठमाडौंहङकङमा आजबाट सुरु हङकङ सिक्सेस क्रिकेटको पहिलो खेलमा नेपाल पराजित भएको छ ।
मोङकोकस्थित मिसन रोड ग्राउण्डमा भएको खेलमा नेपाल अफगानिस्तानसँग १७ रनले पराजित भएको हो ।
अफगानिस्तानले दिएको १ सय १३ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ओभरमा २ विकेट गुमाएर ९५ रन मात्र बनायो ।
नेपालका लागि सन्दीप जोराले अर्धशतक बनाएर रिटाएर भए ।
राशिद खान र आदिल आलमले समान ११ रन बनाए ।
लोकेश बमले १० रनमा आउट भए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ओभरमा ५ विकेट गुमाएर १ सय १२ रन बनाएको थियो ।
अफगानिस्तानका लागि करिम जनतले सर्वाधिक ३५ रन बनाए ।
नेपालका लागि राशिद खानले ह्याट्रिकसहित ४ विकेट लिए । लोकेश बमले १ विकेट लिए ।
नेपालले अब दोस्रो खेलमा भोलि दक्षिण अफ्रिकासँग खेल्नेछ ।