खेलकुद

एनपीएलको खेल तालिका सार्वजनिकः उद्घाटन खेल जनकपुर र काठमाडौंबीच हुने

- केएफएम डेस्क काठमाडौं

आगामी मंसिर १ गतेबाट सुरु हुने दोस्रो संस्करणको नेपाल प्रिमियर लिग क्रिकेटको उद्घाटन खेल साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच हुने भएको छ । 

आज सार्वजनिक भएको एनपीएलको खेल तालिका अनुसार उद्घाटन खेल अपरान्ह ४ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । 

यो सँगै नेपालमा पहिलो पटक फ्ल्ड लाइटमा समेत खेल आयोजना हुने भएको छ । प्रतियोगिताको दोस्रो खेल मंसिर २ गते विहान पौने १२ बजे चितवन राइनोज र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुने खेल तालिका छ ।

 सार्वजनिक तालिका अनुसार उद्घाटन र फाइनल सहितका २३ वटा खेलहरु फ्ल्ड लाइटमा खेलाइने भएको छ ।