खेलकुद

साविक विजेता कर्णाली फाइनलमा प्रव्रेश

- केएफएम डेस्ककाठमाडौं

साविक विजेता कर्णाली यशविस एभरेस्ट महिला भलिबल लिगको फाइनलमा प्रवेश गरेको छ । 

काठमाडौंको त्रिपुरेश्वरस्थित कभर्डहलमा आज भएको खेलमा मधेश युनाइटेडलाई ३–० को सोझो सेटमा हराएर कर्णाली लिगको अन्तिम खेलअघि नै फाइनल पुगेको हो ।

 कर्णालीले मधेशलाई २५–१५, २५–१२ र २५–१७ को सेटमा हरायो । 

जेनजी आन्दोलनका कारण बीचमै स्थगित भएको प्रतियोगिता आजदेखि पुनः सुरु भएको हो ।