खेलकुद

एनपीएल सिजन टुः ५ सय देखि २ हजार सम्मको टिकट लिन सकिने

काठमाडौं

आगामी सोमबारबाट सुरु हुने नेपाल प्रिमियर लिग क्रिकेटका लागि टिकट बुकिङ खुला गरेको छ । 

नेपाल क्रिकेट संघ क्यानले आज साँझ विज्ञप्ति जारी गर्दै नयाँ सिजनको खेलका लागि टिकट खुला गरिएको जनाएको हो । 

क्यानका अनुसार साधारण तर्फको टिकट मुल्य ५ सय रुपैयाँ र भिआइपी तर्फका लागि १ हजार ५ सय रुपैयाँ ताकिएको छ । २ वटा खेल हुने दिनका लागि भने क्यानले भिआइपी तर्फको टिकट मुल्य १ हजार रुपैयाँ कामय गरिएको छ ।

 यो व्यवस्था भने पहिलो ६ खेलका लागि मात्र लागू हुने क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।

 फाइनल र प्लेअफ चरणका खेलका लागि सामान्यतर्फका लागि १ हजार र भिआइपी तर्फका लागि २ हजार रुपैयाँ तोकिएको छ । क्यानले एनपीएलका सबै खेल हेर्न चाहने दर्शकका लागि समेत १५ हजार रुपैयाँ तोकिएको छ । 

खल्ती एपको माध्यम मार्फत टिकट खरिद गर्न सकिने क्यानले जनाएको छ । एनपीएलको उद्घाटन खेलमा जनकपुर बोल्ट्स र काठमाडू गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ ।