फ्रान्स विश्वकप फुटबलका लागि छनौट
काठमाडौंफ्रान्सले विश्वकप फुटवल २०२६ का लागि स्थान पक्का गरेको छ । युरोपेली छनोट अन्तर्गत पछिल्लो खेलमा युक्रेनलाई ४–० ले हराउँदै फ्रान्स विश्वकपमा छानिएको हो । फ्रान्सले चारै गोल दोस्रो हाफमा गरेको थियो । उसका लागि केलियन एमबाप्पेले दुई गोल गरेका थिए । त्यस्तै, माइकल ओलिस र ह्युगो एकिटिकेले एक/एक गोल गरेका थिए ।
जितपछि फ्रान्स समूह डीको शीर्ष स्थानमा रहँदै विश्वकपमा छनोट भएको हो । पहिलो स्थानको फ्रान्सको १३ अंक हुँदा दोस्रो स्थानको आइसल्याण्ड ७ अंक मात्र छ । यसैबीच, पोर्चुगल विश्वकपको छनोटमा आयरल्याण्डसँग २–० ले पराजित भएको छ । हारपछि पोर्चुगलले विश्वकपमा स्थान सुरक्षित गर्न अर्को म्याचको नतिजा कुर्नुपर्ने भएको छ । पोर्चुगल १० अंकसहित समूह एफको पहिलो स्थानमा रहँदा हंगेरी ८ अंकसहित दोस्रो स्थानमा छ ।
त्यस्तै आयरल्याण्ड ७ अंकसहित तेस्रो स्थानमा छ । यसैबीच, पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोले अन्तराष्ट्रिय फुटवलमा पहिलो पटक रातो कार्ड पाएका छन् । ६० औँ मिनेटमा रोनाल्डोले आयरल्याण्डका डारा ओशियाको ढाडमा कुहिनो हानेको भन्दै रेफ्रीले पहेँलो कार्ड देखाएपनि भिएआर निरिक्षणपछि रातो कार्डमा परिवर्तन गरिएको हो ।