राष्ट्रपति रनिङ शिल्ड गर्न राखेप र नेपालयबीच सम्झौता
- काठमाडौंकेन्द्रिय राष्ट्रपति रनिङ शिल्ड तथा विश्वविद्यालय खेलकुद प्रतियोगिता आयोजनाका लागि पाँच बर्षसम्म नीजि क्षेत्रले सहकार्य गर्ने भएको छ ।
आर्थिक वर्ष २०८२÷०८३ मा प्रतियोगिताहरु सन्चालन गर्न राष्ट्रिय खेलकुद परिषद् र नेपालय ईन्टरनेशनल ईभेन्ट म्यानेजमेन्ट प्रा.लि. बीच आज संझौता भएको हो ।
राखेपका परिषद्का सदस्य सचिव टंकलाल घिसिङ र नेपालयका अध्यक्ष शुवाष प्रधानले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।
नेपाल सरकारबाट विनियोजन भएको रकमका साथै प्रायोजक खोजी गरि प्रतियोगिताहरुलाई थप प्रभावकारी रुपमा आयोजना गर्ने उदेश्यले सम्झौता गरिएको हो ।