एनपीएल हेरेर फर्कनेका लागि निःशुल्क बस उपलब्ध हुने
- काठमाडौंकीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग हेरेर फर्कनेका लागि निःशुल्क बस उपलब्ध हुने भएको छ ।
नेपाल क्रिकेट संघका क्यानका अनुसार खेल हेर्न पुग्ने महिला, वृद्ध, र अशक्तका लागि बस सेवा सञ्चालन हुने भएको हो । युवा तथा खेलकुद मन्त्रालय र क्रिकेट संघको पहलमा आफ्नो सवारी साधन नभएकाहरुलाई सहज होस् भन्ने उद्देश्यले बस सुरु गर्न लागिएको क्यानले जनाएको छ ।
क्यानले विभिन्न ४ वटा रुटमा बस सेवा सञ्चालन गर्ने तयारी गरेको छ । साँझ ६ बजेदेखि ८ बजे सम्म सो रुटमा बस सञ्चालन गरिने छ ।