खेलकुद

एनपीएलमा सुदूरपश्चिमको विजयी सुरुवात, काठमान्डु २९ रनले पराजित

- केएफएम डेस्क काठमाडौं

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग क्रिकेटमा सुदूरपश्चिम रोयल्सले रोमाञ्चक जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले काठमान्डु गोर्खाजमाथि २९ रनको रोमाञ्चक जित निकालेको हो ।

सुदूरपश्चिमले निर्धारित २० ओभरमा अल आउट हुँदै दिएको १ सय ४८ रनको लक्ष्य पछएको काठमान्डु १६ दशमलव ५ ओभरमा अल आउट हुँदै १ सय १८ रनमा समेटिएसँगै खेलको नतिजा सुदूरपश्चिमको हातमा पुगेको हो । सुदू्रपश्चिमले दिएको मध्यम लक्ष्य पछयाउने क्रममा काठमान्डुका लागि आकाश त्रिपाठीले ३४ रन बनाउनु बाहेक अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् । काठमान्डुलाई सस्तैमा समेट्ने क्रममा सुदूरपश्चिमका स्कट कुगलेइन, हेमन्त धामी, हर्मीत सिंहले २–२ तथा इशान पाण्डे, नरेन साउद र अभिनास बोहोराले १ विकेट लिए ।

त्यसअघि काठमाडुले टस जितेर फिल्डीङ रोजेपछि ब्याटिङ सुरु गरेको सुदूरपश्चिमका लागि मध्य क्रममा मैदान प्रवेश गरेको कप्तान दिपेन्द्र सिंह ऐरी र हर्मीत सिंहले सम्हालीएको प्रदर्शन गरेका थिए । दिपेन्द्रले ३९ र हर्मीतले ५३ रनको अर्धशतकिय इनिङ्स खेले । अर्का ब्याटर आरिफ शेखले २५ रन बनाउनु बाहेक अन्य खेलाडीले सन्तोषजनक प्रदर्शन गर्न सकेनन् । सुदूरपश्चिमले पवर प्लेको खेलमा २७ रन बनाउँदा ४ विकेट गुमाइसकेको थियो । सुदूरपश्चिमलाई मध्इम स्कोरमा रोक्ने क्रममा काठमाडुका करन केसीले ४ तथा मिलिन्द कुमार, सन्नी पटेल र रासिद खानले २–२ विकेट लिए ।

जवाफि ब्याटिङमा आएको काठमाडौं मध्यक्रम र अन्तिमका ब्याटर चल्न नसक्दा पराजित हुन पुगेको हो । आजको खेलको नतिजापछि काठमाडुले २ खेलबाट २ अंक जोडेको छ । यसअघि भएको खेलमा काठमान्डुले साविक विजेता जनकपुर बोट्सलाई पराजित गरेको थियो । अब भोलि हुने खेलमा अपरान्ह ४ बजे चितवन राइनोज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ ।