खेलकुद

एनपीएल क्रिकेटमा चितवनले दियो लुम्बिनीलाई १४३ रनको लक्ष्य

- केएफएम डेस्ककाठमाडौं

काठमाठौंमा जारी नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटअन्तर्गतको खेलमा चितवन राइनोजले लुम्बिनी लायन्सलाई १ सय ४३ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा लुम्बिनी टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १ सय ४२ रन बनाएको हो ।

चितवनका लागि रवि बोपाराले ६६ रनको अर्धशतकिय इनिङ्स खेले ।

कप्तान कुशल मल्ले २१ रन जोडे । लुम्बिनीका रुबेन ट्रम्पलमनले ३ तथा अभिशेष गौतम र गुल्बदिन नइबले समान २÷२ विकेट लिए ।

लुम्बिनीले अहिले केहीबेरमा जवाफि ब्याटिङ गर्नेछ ।

जारी लिगमा चितवन दोस्रो खेल खेल्दै छ, भने लुम्बिनीको पहिलो खेल हो ।

चितवनले आफ्नो पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराएको थियो ।