खेलकुद

एशेज सिरिजमामा अस्ट्रेलियाको विजयी सुरुवात

- केएफएम डेस्क काठमाडौं

अस्ट्रेलिया र इंग्ल्याण्डबीच हुने बहुचर्चित एशेज सिरिजमा घरेलु टोली अस्ट्रेलियाले विजयी सुरुवात गरेको छ । 

पाँच म्याचको टेस्ट सिरिजमा अस्ट्रेलियाले १–० को आग्रता लिएको छ । पर्थमा भएको खेलमा ट्राभिस हेडको विष्फोटक सतकको मद्दतमा अस्ट्रेलियाले इंग्लाण्डमाथी ८ विकेटको जित निकालेको हो । 

 दोस्रो इनिङमा जितको लागि २ सय ५ रन आवश्यक पर्ने अवस्थाबाट खेल्न सुरु गरेको अस्ट्रेलियाका ओपनर हेडले ८३ बलमा १ सय २३ रन बनाउँदा मार्नुस लाबुस्चेनले ४९ बलमा ५१ रन बनाउँदै टोलीको जित सुनिश्चित गरेका हुन् । 

अस्ट्रेलियाले २८ दशमलव २ ओभरमा लक्ष्य पूरा गरेको हो । हिजो बाट सुरु भएको सिरिजको पहिलो दिनमानै दवै तर्फ गरि १९ विकेट पतन भएको थियो । दुई टोलीबीचको अर्को म्याच आगामी शनिबारबाट सुरु हुनेछ ।