एनपीएलका ८ खेल सम्पन्न
- काठमाडौंनेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको दोस्रो संस्करण काठमाडौंमा जारी छ । एनपीएलका कुल ३२ मध्ये ८ खेल सम्पन्न भईसकेका छन् । अझै २४ खेल बाँकी छन् । २४ मध्ये २० खेल फ्ल्ड लाइटमा हुँदा अब ४ खेल मात्र दिनको समयमा हुनेछन् ।
कीर्तिपुरमा जारी दोस्रो संस्करणको एनपीएल क्रिकेटको ८ खेल सम्पन्न हुँदा सुदूरपश्चिम रोयल्स ४ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा छ । आफ्नो पहिलो खेलमा काठमान्डु गोर्खाजलाई २९ रनले हराएको रोयल्सले दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई १८ रनले पराजित गर्यो । रोयल्सले अब आफ्नो तेस्रो खेलमा सोमबार कर्णाली याक्ससँग खेल्नेछ ।
समान ४ अंक जोडेको विराटनगर किंग्स दोस्रो स्थानमा छ । किंग्सले आफ्नो पहिलो खेलमा एभेन्जर्सलाई ५३ रनले हराउँदा, दोस्रो खेलमा गोर्खजलाई ५ विकेटले हराएको थियो । किंग्सले अब आगामी बुधबार चितवन राइनोजसँग खेल्नेछ ।
यता, आफ्नो तीन खेल खेलेर २ अंक जोडेको गोर्खाज तेस्रो स्थानमा छ । उसले पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सलाई ५ विकेटले हराउँदा, रोयल्ससँग २९ रन र किंग्ससँग ५ विकेटले पराजित भयो । गोर्खाजले आगामी मंगलबार लुम्बिनी लायन्सविरुद्ध खेल्नेछ । दुई खेलबाट २ अंक जोडेको राइनोज अंक तालिकाको चौंथो स्थानमा छ ।
आफ्नो पहिलो खेलमा याक्सलाई ४ विकेटले हराउँदा, राईनोज दोस्रो खेलमा लायन्ससँग ६ विकेटले पराजित भयो । अब उसले आफ्नो तेस्रो खेल बुधबार किंग्ससँग खेल्नेछ ।
एनपीएलको दोस्रो सिजनमा दुई खेलबाट एक जित हात पारेको याक्स छैंटौं स्थानमा छ । पहिलो खेलमा राईनोजसँग ४ विकेटले हार व्यहोरेको याक्सले आफ्नो दोस्रो खेलमा लायन्सलाई ९ विकेटले हरायो ।
कर्णालीका विदेशी खेलाडी मार्क वाटले लायन्सविरुद्धको खेलमा शतक प्रहार गरे । उनले ४४ बलमा १२ छक्का र ६ चौका प्रहार गर्दै १ सय १४ रनको इनिङ्स खेले । उनले ४१ बलमै शतक पूरा गर्दै जारी दोस्रो सिजनको एनपीएलमा पहिलो शतक प्रहार गर्ने खेलाडी बने ।
याक्सले अब आफ्नो तेस्रो खेलमा आगामी शुक्रबार किंग्ससँग खेल्नेछ । एनपीएलमा एभेन्जर्स र बोल्ट्स जितबिहिन छन् । एभेन्जर्सले २ खेल खेल्दा, बोल्ट्सले एक खेल मात्र खेलेको छ ।
एभेन्जर्स किंग्स र रोयल्ससँग पराजित हुँदा, बोल्ट्सले उद्धघाटन खेलमा गोर्खाजसँग हार व्यहोरेको थियो ।
एभेन्जर्सले अब आफ्नो तेस्रो खेल आगामी बिहिबार बोल्ट्ससँगै खेल्नेछ । बोल्ट्सले भने आफ्नो दोस्रो खेल सोमबार किंग्ससँग खेल्नेछ ।
दोस्रो सिजनको एनपीएलमा याक्सका मार्क वाटले समग्रमा १ सय ३१ रन जोड्दै अग्र स्थानमा छन् । राइनोजका रव बोपाले समग्रमा १ सय १९, एभेन्जर्सका मार्की तथा कप्तान कुशल भुर्तेलले १ सय ११, याक्सका प्रियांक पान्चालले १ सय २, लायन्सका मार्की तथा कप्तान रोहितकुमार पौडेल, किंग्सका लोकेस बम र गोर्खाजका बेन चाल्र्सवर्थले समान ८६÷८६ रन जोडेका छन् ।
यस्तै, कंग्सका मार्टिन गप्टिलले ८५, गोर्खाजका आकाश त्रिपाठीले ७४, रोयल्सका जोश ब्राउनले ६८, एभेन्जर्सका डान डौथवेटले ६६ र रोयल्सका कर्मीत सिंहले ५८ रन लिएका छन् ।
जारी एनपीएलमा गोर्खाजका आदिल आलमले ५६, बोल्ट्सका आसिफ शेखले ५५, राइनोजका दीपक बोहराले ५४, राइनोजका सैफ अली जैबले ५३, रोयल्सका मार्की तथा कप्तान दीपेन्द्रसिंह ऐरीले ५२ र लायन्सका गुलिदिन नाइबले ५१ रन जोडेका छन् ।
जारी एनपीएलमा मार्क वाटले सर्वाधिक १२ छक्का प्रहार गर्दा, लोकेश बमले ९, कुबल भुर्तेलले ८, प्रियांक पान्चालले ७, मार्टिन गप्टिल, डान डौथवेट, रवि बोपारा र हर्मीत सिंहले समान ६÷६ छक्का प्रहार गरेका छन् । यस्तै, जिमी नीशम, सैफ अली जैब, जर्ज मुन्से, बेन चाल्र्सवर्थ र जोश ब्राउनले समान ५÷५ छक्का प्रहार गरेका छन् ।
एनपीएलको दोस्रो सिजनमा मार्क वाटले नै सर्वाधिक १२ चौका प्रहार गरेका छन् । लोकेश बलमे ९, कुबल भुर्तेलले ८, प्रियांक पान्चालले ७ चौका प्रहार गरे । यस्तै, मार्टिन गप्टिल, डान डौथवेट, रवि बोपारा र हर्मीत सिंहले समान ६÷६ चौका प्रहार गरेका छन् ।
जिमी नीशम, सेफ अली जेब, जर्ज मुन्से, बेन चाल्र्सवर्थ र जोश ब्राउनले समान ५÷५ चौका प्रहार गरेका छन् । जारी एनपीएलमा गोर्खाजका मार्की तथा कप्तान करण केसीले सर्वाधिक ६ विकेट लिएका छन् ।