नेपाललाई हराउँदै भारतले जित्यो दृष्टिविहीन महिला टी–२० विश्वकपको उपाधि
काठमाडौंपहिलो संस्करणको दृष्टिविहीन महिला टी–२० विश्वकप क्रिकेटको उपाधि भारतले जितेको छ ।
श्रीलंकामा आयोजित प्रतियोगिताको फाइनलमा भारतले नेपाललाई ७ विकेटले पराजित ग¥यो । नेपालले दिएको १ सय १५ रनको लक्ष्य भारतले १२ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।
भारतका लागि फुला सरेनले अविजित ४४ रन बनाइन् भने करुना कुमारीले ४२ रन जोडिन् । त्यसअघि कोलोम्बोस्थित पी सारा ओभल क्रिकेट ग्राउण्डमा नेपालले निर्धारित ओभरमा ५ विकेट गुमाएर १ सय १४ रन बनाएको थियो । नेपालका लागि सरिता घिमिरेले सर्वाधिक ३३ रन बनाइन् ।
बिमला राईले २६ रन जोडिन् । सेमिफाइनलमा नेपालले पाकिस्तानलाई ७ विकेटले पराजित गरेको थियो । यसअघि लिग चरणको खेलमा पनि नेपाल भारतसँग पराजित भएको थियो ।