दृष्टिविहीन विश्वकप खेलेर नेपाली टोली स्वदेश फिर्ता
- काठमाडौंभारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना भएको पहिलो संस्करणको दृष्टिविहीन महिला टी–२० विश्वकप क्रिकेटमा उपविजेता बनेको नेपाली राष्ट्रिय टोली स्वदेश फर्किएको छ ।
महिला टोलीलाई नेपाल क्रिकेट संक क्यानका पदाधिकारीले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । कोलम्बोमा हिजो भएको फाइनलमा नेपाल भारतसँग ७ विकेटले पराजित भएपछि उपविजेता मै सिमित बन्न पुग्यो ।
नेपालले दिएको १ सय १५ रनको लक्ष्य भारतले १२ ओभर १ बलमा ३ विकेट गुमाउँदै पूरा गर्यो । विश्वकपमा नेपालसहित भारत, श्रीलंका, पाकिस्तान, अस्ट्रेलिया र अमेरिका गरी ६ टोली सहभागी थिए । यसैबीच, नेपाली टोलीलाई प्रधानमन्त्री सुशीला कार्कीले बधाई दिनुभएको छ । उहाँले विश्वमञ्चमा नेपालको सम्मानजनक स्थान सुरक्षित गरेको भन्दै बधाइ दिनुभएको हो ।