लुम्बिनी लायन्सलाई पराजित गर्दै काठमान्डु गोर्खाजको दोश्रो जित
काठमाडौंनेपाल प्रिमियर लिग क्रिकेटको दोस्रो संस्करणमा काठमान्डु गोर्खार्जले दोस्रो जित निकालेको छ । काठमान्डुले आफ्नो चौथो खेलमा आज लुम्बिनी लायन्सलाई २२ रनले पराजित गर्दै दोस्रो जित दर्ता गरेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमान्डु गोर्खाजले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९ दशमलव १ ओभरमा अल आउट हुँदै १ सय २५ रनमा समेटिएसँगै काठमान्डुले खेलमा पुनारामगन गरेको हो ।
काठमान्डुले यसअघि भएका दुइ खेल लगातार गुमाएको थियो भने उद्घाटन खेलमा जनकपुर बोल्ट्सलाई पराजित गरेको थियो । काठमान्डुको जितमा कप्तान करण केसीले ३४ रन बनाउँदै नटआउट रहे भने आकाश त्रिपाठीले ३२ तथा सन्तोष यादवले २६ रन जोडे । लुम्बिनीका रुबेन ट्रम्पलम्यान, शेर मल्ल, कप्तान रोहित पौडेल र गुल्बादिन नइबले समान दुई÷दुई विकेट लिएका थिए ।
काठमान्डुले दिएको लक्ष पछ्याउने क्रममा लुम्बिनीका दिलिप नाथले २५, शेर मल्लले २७ र विदेशी खेलाडी जोन म्याथ्यु सर्टले २२ रन बनाउनुबाहेक सन्तोषजनक प्रदर्शन गर्न सकेनन् । लुम्बिलीलाई पराजित गर्ने क्रममा काठमान्डुका लागि मिलन्द कुमार र साहब आलमले समान २–२ विकेट लिए भने राशिद खान, सन्तोष यादव, जेरार्ड इरासमस., र कप्तान करन केसीले समान १–१ विकेट लिए ।