खेलकुद

साउथ अफ्रिकाद्धारा इन्डिया ४ सय ८ रनले पराजित

- एजेन्सीगुवाहिटी

साउथ अफ्रिकाले टेस्ट क्रिकेट सिरिजको दोस्रो म्याचमा इन्डियालाई ४ सय ८ रनले पराजित गरेको छ । जितसँगै साउथ अफ्रिकाले सिरिज २–० ले जितेको छ । ५ सय ४९ रनको लक्ष्य पाएको इन्डियालाई पाँचौ तथा अन्तिम दिन दोस्रो इनिङमा १ सय ४० मा रोक्दै साउथ अफ्रिकाले सहज जित हात पा¥यो । घरेलु मैदानमा रविन्द्र जडेजाले ५४ रन बनाउनु बाहेक अन्य व्याटरको प्रदर्शन फितलो भएपछि इन्डियाले हार व्यहोरेको हो । सो क्रममा साउथ अफ्रिकाका सिमोन हार्मरले ६ विकेट लिएका थिए । 

पहिलो टेस्ट ३० रनले जितेको साउथ अफ्रिकाले दोस्रो टेस्टको पहिलो इनिङमा ४ सय ८९ र दोस्रो इनिङमा २ सय ६० रन बनाएको थियो । इण्डियाले भने पहिलो इनिङमा २ सय १ रन मात्र बनाएको थियो । अन्ततः इन्डियाले टेस्ट क्रिकेटमा लज्जास्पद हार व्यहो¥यो । इन्डिया र साउथ अफ्रिकाबीच आगामी आइतवारदेखि ३ म्याचको एकदिवसीय सिरिजमा प्रतिस्पर्धा हुनेछ ।