खेलकुद

एनपीएलमा आज पनि दुई म्याच

काठमाडौं

किर्तिपुरमा जारी नेपाल प्रिमियर लिग एनपीएलमा आज पनि दुईवटा खेल हुँदैछन् । पौने १२ बजे हुने पहिलो खेल चितवन राइनोज र काठमाण्डू गोर्खाजबीच हुनेछ । चितवन ४ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । काठमाण्डू चार अंक भएपनि रनरेटमा पछाडी पर्दै चौथो स्थानमा छ । 

दिउँसो ४ बजे हुने अर्को खेलमा कर्णाली याक्स र विराटनगर किङ्स भिड्ने छन् । तीन खेलबाट दुई अंक जोडेको कर्णालीलाई प्लेअफको यात्रालाई कायम राख्न जित्नैपर्ने दबाब छ । अंक तालिकाको दोस्रो स्थानमा रहेको विराटनगरले ४ खेलबाट ६ अंक जोडेको छ ।