चेल्सी र आर्सनलबीच बराबरी
- लन्डनइङलिस प्रिमियर लिग फुटवलको लिग लिडर आर्सनल र चेल्सीबीच पछिल्लो खेलमा बराबरी भएको छ । चेल्सीले खेलको ४८ औं मिनेटमा अग्रता लिएपनि आर्सनलले ५९ औं मिनेटमा गोल गर्दै बराबरी गरेको हो । बराबरीपछि पनि आर्सनल समग्रमा ३० अंकसहित पहिलो स्थानमा छ । चेल्सी २४ अंकसहित तेस्रो स्थानमा छ ।
म्यानचेस्टर सिटी भने २५ अंकसहित दोस्रो स्थानमा छ । अर्को खेलमा एस्टन भिल्लाले वल्भर ह्याम्पटनलाई १–० ले हराउँदै चौथो स्थानमा उक्लिएको छ । उसले १३ खेलबाट २४ अंक नै जोडेको छ । समान अंक भएपनि गोल भिन्नतामा भिल्ला चेल्सी भन्दा पछाडी परेको हो । प्रिमियर लिगको अन्य खेलमा लिभरपुलले वेस्ट ह्याम युनाइटेडलाई २–० ले हराएको छ । जितपछि लिभरपुल २१ अंकसहित आठौं स्थानमा उक्लिएको छ ।