खेलकुद

इन्डियाद्धारा साउथ अफ्रिका पराजित

- एजेन्सी

विराट कोहलीको सानदार शतकको मद्दतले इन्डियाले पहिलो वान डेमा साउथ अफ्रिकालाई १७ रनले पराजित गरेको छ । पहिले ब्याटिङ गरेको भारतले ८ विकेट गुमाएर ३ सय ४९ रनको योगफल बनाएको थियो । जवाफमा साउथ अफ्रिकाले ४९ दशमलव २ ओभरमा ३ सय ३२ रन मात्र बनाउन सक्यो । पाहुना टोली साउथ अफ्रिकाका लागि म्याथ्यु ब्रिटज्कले सर्वाधिक ७२ रन बनाएका । यस्तै, मार्को जन्सनले ७० रनको योगदान गरेका थिए । अर्का व्याटर कोरबिन बोसले ६७ रन जोडेपनि टोलीलाई जिताउन सकेनन् । 

सो क्रममा भारतीय बलरमध्ये कुलदीप यादवले चार विकेट र हरसित रानाले ३ विकेट लिएका थिए । यसअघि कोहलीले १ सय २० बलमा १ सय ३५ रन बनाएपछि इन्डियाले बलियो योगफल तयार पारेको थियो । ३७ वर्षीय कोहलीले आफ्नो ५२ औं वान डे शतक पूरा गरे । पहिलो जितपछि इन्डियाले ३ म्याचको सिरिजमा १–० को अग्रता लिएको छ । दोस्रो वान डे पर्सी हुनेछ ।