एसिसी अण्डर १९ प्रिमियर कपः नेपाल उपविजेतामा सीमित
- काठमाडौंएसिसी पुरुष अण्डर १९ प्रिमियर कप क्रिकेटको उपाधि यूएईले जितेको छ ।
घरेलु मैदानमा भएको खेलमा नेपाललाई २७ रनले पराजित गर्दै यूएईले उपाधि उचालेको हो । युएईले दिएको १ सय ४८ रनको लक्ष्य पछ्याएको नेपाल ३३ दशमलव २ ओभरमा अल आउट हुँदै १ सय २० रनमा समेटिएको हो ।
त्यसअघि यूएईले ४५ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४७ रनको योगफल तयार पारेको थियो । उपाधि भिडन्तमा पराजित भएपनि नेपाल एसिया कपका लागि भने छनोट भइसकेका छन् । प्रतियोगिताको फाइनल पुग्ने दुई टोली एसिया कपमा छनोट हुने प्रावधान छ ।